पछिल्लो २४ घण्टामा थप १४७ जना कोरोना संक्रमित , एक जनाको मृत्यु - Mangsebung News
  • बुधबार, बैशाख २६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

पछिल्लो २४ घण्टामा थप १४७ जना कोरोना संक्रमित , एक जनाको मृत्यु


काठमाडौं । कोरोना भाइरसको संक्रमित बिहीबार १ सय ४७ जना थपिएको छ । यस संगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या १८ हजार २ सय ४१ पुगेको छ ।

स्वावास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमका अनुसार देशभरका प्रयोगशालामा ३ हजार ४ सय ८१ जनाको पिसिआर परीक्षणमा गरिएको मध्ये १ सय ४७ जनामा कोरोना पोजेटिभ रिपोर्ट आएको हो ।

पछिल्लो २४ घण्टामा १ सय ५६ जना कोरोना जितेर घर फर्किएका छन् । यससंगै १२ हजार ८ सय ४० जना उपचारपछि निको भइसकेका छन् ।

यस्तै देशभर क्वारेन्टिनमा २० हजार ९८ जना रहेका छन् ।

बिहीबार कोरोना संक्रमणबाट वीरगञ्जमा एक जनाको मृत्यु  भएको छ । यससंगै नेपालमा अहिलेसम्म कोरोना संक्रमणबाट ४३ जनाको ज्यान गएको छ ।

सम्बन्धित खवर