पछिल्लो २४ घण्टामा १३३ जना कोरोना संक्रमित थपिए, जम्मा १८,३७४ पुग्यो - Mangsebung News
  • बुधबार, बैशाख २६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

पछिल्लो २४ घण्टामा १३३ जना कोरोना संक्रमित थपिए, जम्मा १८,३७४ पुग्यो


काठमाडौं । कोरोना भाइरसको संक्रमित शुक्तबार १ सय ३३ जना थपिएको छ । यस संगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या १८ हजार ३ सय ७४ पुगेको छ ।

स्वावास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमका अनुसार देशभरका प्रयोगशालामा ३ हजार ९ सय ८७ जनाको पिसिआर परीक्षणमा गरिएको मध्ये १ सय ३३ जनामा कोरोना पोजेटिभ रिपोर्ट आएको हो ।

पछिल्लो २४ घण्टामा १ सय ७ जना कोरोना जितेर घर फर्किएका छन् । यससंगै १२ हजार ९ सय ४७ जना उपचारपछि निको भइसकेका छन् ।

अहिलेसम्म कोरोना संक्रमणबाट ४३ जनाको ज्यान गएको छ ।

सम्बन्धित खवर