विराटनगरमा फेरी लकडाउन - Mangsebung News
  • शनिबार, बैशाख ०८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

विराटनगरमा फेरी लकडाउन


मोरङ । प्रदेश १ को राजधानी रहेको विराटनगर महानगरपालिकामा फेरी लक डाउन गरिएको छ ।

समुदायस्तरमा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको निष्कर्षसहित महानगरपालिकाले शनिबारदेखि लागू हुने गरी दुई साताका लागि लकडाउन गर्ने निर्णय गरेको मेयर भीम पराजुलीले जानकारी दिए ।

विराटनगर महानगरभित्र एक सय जना भन्दा बढी संक्रमित फेला परेपछि नगरस्तरीय कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टरको शुक्रबारको बैठकले कोरोना संक्रमण नियन्त्रण र रोकथामका लागि लकडाउन गर्नुको विकल्प नभएको निष्कर्ष निकालेको मेयर पराजुलीले बताए ।

महानगरको समुदायमा संक्रमणको क्रम बढी रहेकोले अत्यावश्यक बाहेक अन्य कामका लागि बाहिर निस्कन बन्देज लगाउने निर्णय गरेको जनाए ।

सम्बन्धित खवर