काठमाडौं । कोरोना भाइरसको संक्रमित सोमबार २ सय २४ जना थपिएको छ ।
स्वावास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमका अनुसार देशभरका प्रयोगशालामा १० हजार ७ सय ७६ जनाको पीसीआर परिक्षण गरिएको मध्ये २ सय २४ जना नयाँ संक्रमित थपिएको छ । यस संगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या १९ हजार ७ सय ७१ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १ सय ५१ जना कोरोना मुक्त भएर घर फर्किएका छन् । यससंगै १४ हजार ३ सय ९९ जना उपचारपछि निको भइसकेका छन् ।
अहिलेसम्म कोरोना संक्रमणबाट ५६ जनाको ज्यान गएको छ ।