प्यारालाइसिस्ले थलिएका नेम्बाङ दम्पतिको लागि सहयोग अपिल - Mangsebung News
  • बिहिबार, बैशाख १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

प्यारालाइसिस्ले थलिएका नेम्बाङ दम्पतिको लागि सहयोग अपिल


दमक / भनिन्छ, मान्छेलाई ऋण लागोस्, दीन नलागोस् । तर दैव पनि यति बैमान हुदोरहेछ, दुखी गरीबलाई नै दुःख माथी झन दुःख दिने ।

दैनिक ज्यालादारी र खेतीपातीको भरमा गर्जो टार्दै आएका माङसेबुङ ५, निवासी दम्पती होमकर्ण नेम्बाङ र.उनका जीवन संगीनी आइतमाया हाङगामलाई विगत दुई वर्षदेखि प्यारालाइसिस्ले थलो पारेपछि दुःख माथी झन दुःख आइपरेको छ ।

नेम्बाङलाई प्यारलाईसिस् लागेको ३ महिना पछि श्रीमतीलाई समेत प्यारालाइसिस् लागेपछि पर्नु सम्म दुःख पर्यो ।

आर्थिक अवस्था अतिनै नाजुक रहेको र बुढाबुढी दुवै जनालाई प्यारालाइसिस् लागे पछि उपचारको क्रममा आफुसंग भएको सबै सकिएर टाट पल्टिएको छ । आफन्त, छरछिमेकमा ऋण र केही सहयोग मागेर दमक स्थित रहेको कोरियन प्रविधीको सेराजेन थेरापी गरेको र भारतको खराइयाबाट आयुबेद्र्धिक औषधि ल्याई सेवन गरेपछि सामान्य उठ्न बस्न गर्न सक्ने भएका छन् ।

सुरुमा बुढाबुढी दुबै जनाको हातखुट्टा नै नचल्ने अवस्था रहेको र उपचार पछि अहिले सामान्य उठ्न बस्न सक्ने भएकोले आर्थिक सहयोग पाएर राम्रो उपचार भए, पाए आफु पुर्ण रुपमा निको हुनेमा बिस्वास रहेको बताउदै नेम्बाङ दम्पतीले देश विदेशमा रहेका देवत्व मन भएका सहयोगी, मनकारी सम्पुर्णमा सहयोगको अपिल गरेका छन् ।

हाल दमक ३, दुम्सेमा साईला छोरासंग बस्दै आएका नेम्बाङ दम्पति किरात ज्योतिसविद रन्धोज नेम्बाङका साईला छोरा बुहारी हुन् । हाल बिरामी अवस्थामा रहेका होमकर्ण नेम्बाङ लामो समयदेखि किरात धर्ममा योगदान पुर्याएका साङदाम्गेनवरुमसाबा हरेका छन् ।

तपाई हाम्रो सानो सहयोगले उहाहरुको जीवनमा फेरी बहार फर्कानका लागि अमुल्य सहयोग बन्न सक्न्छ भन्नेमा बिस्वस्त बन्दै सहयोगको अपिल गरिन्छ ।

उनीहरुलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले निम्न नम्बरमा सम्पर्क गर्न सक्नुहुने छ ।
१. साइला छोरा फरेन्द्र नेम्बाङ : ९८२७३६३०५५
२. प्रकाश सावदेन : ९७४१४५१६७४
३. आन्छुमे नसान : ९८१८६५९५३६/९८४४६०२९३८
४. सङसेमी माङयुङ : ९८६०४९७४२४/९८०७९७७६३४

भिडियो लिंक हेर्नुहोस् ।

सम्बन्धित खवर