कोरोना संक्रमित २४६ थपिए, जम्मा २०,३३२ पुग्यो - Mangsebung News
  • शुक्रबार, बैशाख १४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कोरोना संक्रमित २४६ थपिए, जम्मा २०,३३२ पुग्यो


काठमाडौं । कोरोना भाइरसको संक्रमित आइतबार २ सय ४६ जना थपिएको छ ।

स्वावास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमका अनुसार देशभरका प्रयोगशालामा ८ हजार ८ सय ६१ जनाको पीसीआर परिक्षण गरिएको मध्ये २ सय ४६ जना नयाँ संक्रमित थपिएको छ । यस संगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २० हजार ३ सय ३२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १ सय ११ जना कोरोना मुक्त भएर घर फर्किएका छन् । यससंगै १४ हजार ६ सय ३ जना उपचारपछि निको भइसकेका छन् ।

अहिलेसम्म कोरोना संक्रमणबाट ५७ जनाको ज्यान गएको छ ।

सम्बन्धित खवर