
काठमाडौ । नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।
डिजेल,पेट्रोल र मट्टीतेलमा प्रतिलिटर दुई दुई रुपैयाँको दरले मूल्य बढाईएको निगमका प्रवक्ता विनितमणी उपाध्ययले जानकारी दिए ।
शनिबार राति १२ बजेबाट लागू हुनेगरी नयाँ मूल्यवृद्धि गरे संगै अब काठमाडौं उपत्यका भित्र डिजेल, मट्टीतेल र पेट्रोलको प्रतिलिटर मूल्य क्रमश ९० र १ सय ४ रुपैयाँ कायम गरिएको छ ।
भारतीय आयल कर्पाेरेसनबाट अगष्ट एकमा प्राप्त नयाँ मूल्य अनुसार पेट्रोलियम पदाथृको मूल्य बढेर प्राप्त भएकाले स्वचालित मूल्य समायोजन कार्यविधि अनुसार मूल्य बढाइएको निगमको स्पष्टीकरण छ ।
तर खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने नबढाएको निगमले जनाएको छ ।
जुलाई १६ मा प्राप्त मूल्यअनुसार नै निगमलाई पाक्षिक ६ करोड बढी घाटा रहेको प्रवक्ता उपाध्यायले बताए । अन्तर्राष्ट्रिय बजारमा बढ्दो कच्चा तेलको भाउले निगमलाई हाल पेट्रोलमा एक रुपैयाँ २३ पैसा र डिजेलमा एक रुपैयाँ १५ पैसा घाटा रहेको निगमले जनाएको छ । गत असार २६ गते निगमले डिजेल, पेट्रोल र मट्टीतेलमा एक एक रुपैयाँ मूल्य बढाएको थियो ।