सिन्धुपाल्चोकको मेलम्चीमा पहिरोले बगाउदा ८ जना बेपता, एकको जीवितै उद्धार - Mangsebung News
  • बिहिबार, बैशाख ०६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सिन्धुपाल्चोकको मेलम्चीमा पहिरोले बगाउदा ८ जना बेपता, एकको जीवितै उद्धार

काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ मा गएराति करिब दुई बजेतिर पहिरोमा पुरिएर ८ जना वेपत्ता भएका छन् ।

कभर्ड हल निर्माणका लागि खटिएका कामदारहरुलाई करिब दुई बजेतिर आएको पहिरोमा पुरिएर ८ जना बेपता भएका छन् भने एक जनालाई जीवितै प्रहरीले उद्धार गरेको छ ।

तीन बजेतिर उद्धारमा खटिएको प्रहरीको उद्धार टोलीले तीन घण्टा लामो प्रयासमा एक जना भारतीय नागरिकलाई जीवितै उद्धार गरेर प्रारम्भिक उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्रमा पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका एसपी प्रज्ज्वल महर्जनले जानकारी दिए ।

मेलम्ची नगरपालिकाका मेयर डम्बर बहादुर अर्यालले आठ जना मजदुर पहिरोमा पुरिएको र उनीहरुलाई अझै ननिकालिएको बताए । प्रहरीले पहिरोमा पुरिएकाहरुको खोजी प्रयास भइरहेको जनाएको छ ।

अहिले नेपाली सेना, प्रहरी र स्थानीयहरु उद्धारमा खटिएका छन् ।

सम्बन्धित खवर