
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम न्यूनीकरणका लागि एकअर्कामा सामाजिक, भौतिक दुरी कायम गर्न विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का नेपाल प्रतिनिधि जोस भ्याण्डेलरले अपील गरेका छन् ।
डब्ल्युएचओका नेपाल प्रतिनिधि भ्याण्डेलरले कम्तीमा १ मिटरको दुरी कायम गरेर बसे कोरोना रोगको संक्रमणलाई धेरै हदसम्म रोक्न सक्ने बताए ।
मानिसहरुले आफ्नो व्यवहारमा परिवर्तन गर्न नसक्र्दा पनि संक्रमण बढ्दै गएकोले भौतिक दुरी कायम गर्न, मास्क प्रयोग गर्न र नियमित हात धुने समेत उनले सुझाएका छन् ।
पछिल्लो समय नेपालमा लकडाउन खुलेपछि कोरोना संक्रमितहरुको संख्या बढ्दो छ । संक्रमितहरुको संख्या बढीरहेको बेला सबैलाई सचेत रहन अपिल गर्दै भ्याण्डेलरले भने मेरो सबै नेपालीलाई बिनम्र अनुरोध छ, दूरी बढाउँ, संक्रमणबाट जोगिऔं ।’