
काठमाडौं । कोरोना भाइरसको संक्रमित आइतबार ४ सय १८ जना थपिएको छ ।
स्वावास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमका अनुसार देशभरका प्रयोगशालामा ७ हजार ६ सय ३७ जनाको पीसीआर परिक्षण गरिएको मध्ये ४ सय १८ जना नयाँ संक्रमित थपिएको छ । यस संगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २० हजार ७ सय ५० पुगेको छ ।
पछिल्लो २४ घण्टामा ३ सय ५८ जना कोरोना मुक्त भएर घर फर्किएका छन् । यससंगै १४ हजार ९ सय ६१ जना उपचारपछि निको भइसकेका छन् ।
अहिलेसम्म कोरोना संक्रमणबाट ५७ जनाको ज्यान गएको छ ।