बलात्कार आरोपमा वडा अध्यक्ष पक्राउ - Mangsebung News
  • शुक्रबार, बैशाख १४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

बलात्कार आरोपमा वडा अध्यक्ष पक्राउ


काठमाडौ । गोरखा पालुङटार नगरपालिका वडा नम्वर ४ का वडाध्यक्ष बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् ।

पालुङटार नगरपालिका वडा नम्वर ४ का वडाध्यक्ष ठाकुरकान्त रानाभाटले चौध वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरेको प्रहरीले जनाएको छ ।

रानाभाटले किशारीलाई ‘बिहे गर्छु भन्दै यसअघि पनि पटक–पटक जबरजस्ती करणी गरेको भन्ने पीडित परिवारले दिएको जाहेरीमा उल्लेख छ,’ एसपी सुरेन्द्र बहादुर गुरुङको अनुसार, ‘उनीहरुको सम्बन्धबारे अभिभावकले थाहा पाएपछि वडाध्यक्षविरुद्ध जाहेरी दिए पछि प्रहरीले रानाभाटलाई पक्राउ गैरेको हो ।’

अन्दाजी ४७ वर्षीय रानाभाटलाई सोमवार जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष टोलिले पालुङटारबाट पक्राउ गरेको उनले बताए । यस घटनाबारे थप अनुसन्धान भइरहेको र रानाभाटविरुद्ध जबरजस्ती करणी शिर्षकमा मुद्दा दर्ताको तयारी भइरहेको एसपी गुरुङले जानकारी दिए ।

सम्बन्धित खवर