नालिफुङ्वा पान्जुम्भोको २०औं स्थापना दिवस मनाइयो(फोटो फिचर) - Mangsebung News
  • शुक्रबार, बैशाख १४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

नालिफुङ्वा पान्जुम्भोको २०औं स्थापना दिवस मनाइयो(फोटो फिचर)

चुक्सा याप्मी

माङसेबुङ । किरात धर्म सम्बद्ध युवाहरुको साझा छाता संगठन किरात साम्यो नालिफुङ्वा पान्जुम्भोको २०औं स्थापना दिवस मनाइएको छ ।

सोमबार किरात साम्यो नालिफुङ्वा मुजोत्लुङ पान्जुम्भोको कार्यलयमा शुभकामना आदानप्रदान कार्यक्रमबिच नालिफुङ्वा पान्जुम्भोको २०औं स्थापना दिवस कार्यक्रम मनाइएको हो ।

बिश्वब्यापी रूपमा फैलिएको कोरोना भाइरसले निम्त्याएको प्रतिकुल परिस्थितिको बिच सम्पन्न शुभकामना आदानप्रदान कार्यक्रम पान्जुम्भोका अध्यक्ष दिपक तिगेलाले दिपप्रज्वलन गरेपछि शुभारम्भ भएको थियोे ।

अध्यक्ष तिगेलाले बर्तमान धर्मगुरु गुरुआमा ज्युहरुको सपना लाई साकार पार्न युवाहरु एकीकृत भएर लाग्नु पर्नेमा जोड दिएका छन ।

उनले किरात धर्ममा योगदान पुर्याए बापत बर्सेनि दिइदै आइरहेको सम्मान तथा नालिफुङ्वा जुझारु पुरस्कार बाट सम्मानित ब्याक्तित्वहरुको नाम सार्बजनिक नगर्ने सर्तमा समयानुकूल भए संगै कुनै कार्यक्रममको आयोजनामा सम्मान तथा जुझारु पुरस्कार वितरण गर्ने पनि बताएका छन ।

यसैगरि पान्जुम्भोको २० औ स्थापना दिवस विभिन्न जिल्लाहरु ताप्लेजुङ मोरङ झापा इलाम पान्थर लगायतका तल्लो निकायले आ–आफ्नो स्थानमा दिपप्रज्वलन गरि मनाएका छन ।

धरमपुर नालिफुङ्वा पान्जुम्भोका नालिफुङ्वा प्रतिनिधिहरु, माङसेबुङ पान्जुभोका प्रतिनिधिहरु, केन्द्रका पदाधिकारी एवं सदस्यहरुको उपस्थितिमा सम्पन्न कार्यक्रम सह सचिव सिकुम तुम्बापोले संचालन गरेको कार्यक्रम दिपक तिगेलाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

सम्बन्धित खवर