गायक सुजनको ‘महानायक’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • बुधबार, बैशाख १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

गायक सुजनको ‘महानायक’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

माङसेबुङ । गायक तथा संगीतकार सुजन तिगेला लिम्बूको बिल्कुलै नयाँ गीत ‘महानायक’को भिडियो यूट्यूवमार्फत सार्वजनिक गरिएको छ ।

गायक सुजन तिगेला लिम्बूकै शब्द, संगीत तथा आवाज रहेको उक्त गीतको भिडियो गायक सुजनको आफ्नै अफिसियल युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

गायक सुजनकै अभिनय रहेको भिडियोलाई बिकेश मगरले छायाँकन गरेका हुन् भने आयुसमान मगरले सम्पादन गरेका छन् ।

महाराज थापाको संगीत संयोजन रहेको गीत ए प्लस स्टुडियोमा साजन साहले रेकर्डिङ, मिक्सिङ तथा मास्टरिङ गरेका हुन् ।

भिडियो हेर्नुहोस

सम्बन्धित खवर