पछिल्लो २४ घन्टामा कोरोनाबाट नेपालमा ५ जनाको मृत्यु - Mangsebung News
  • शुक्रबार, बैशाख १४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

पछिल्लो २४ घन्टामा कोरोनाबाट नेपालमा ५ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घन्टामा कोरोना भाइरस(कोभिड–१९)को संक्रमणबाट नेपालमा ५ जनाको मृत्यु भएको छ ।

बिहिबार कोरोना भाइरस(कोभिड–१९)को संक्रमणबाट मोरङ, सर्लाही, धनुषा र सप्तरीका ५ जनाको पछिल्लो २४ घन्टामा मृत्यु भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले मोरङको रंगेलीका ४५ वर्षीय पुरुष, मोरङ विराटनगरका ४५ वर्षीय पुरुष, सर्लाही मलंगवाकी ६५ वर्षीया महिला, धनुषा मिथिलाकी ७२ वर्षीया महिला र सप्तरीको रुपनीका ४२ वर्षीय पुरुषको मृत्यु भएको जानकारी दिए ।

नेपालमा संक्रमितको संख्या पनि बढ्न थालेको छ । प्रवक्ता गौतमले विभिन्न जिल्लामा थपिएका ३ सय ६० जनासहित देशभर संक्रमितको संख्या २१ हजार ७ सय ५० पुगेको जानकारी दिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितमध्ये नेपालमा १५ हजार ३ सय ८९ जना उपचारपछि घर फर्किएका छन् भने मृत्यू हुनेको संख्या ६५ पुगेकोे छ ।

सम्बन्धित खवर