
- दुर्गाहाङ लावती
मिक्लाजुङ । पान्थर र ईलामको संगम स्थल चिसोपानी पञ्चमी स्थित हरेक मंगलबार लाग्दै आएको साप्ताहिक हटिया बजार अनिश्चितकालका लागि नलाग्ने भएको छ ।
विश्भरि फैलिएको कोरनाको सम्भावित जोखिमलाई माध्यनजर गर्दै बिहिबार चिसोपानी पञ्चमी बजार ब्याबस्थापन समितिका अध्यक्ष तिर्थ राईको अध्यक्षतामा बसेको बैठकको निर्णय अनुसार मंगलबार लाग्दै आएको साप्ताहिक हटिया बजार अनिश्चितकालका लागि नलाग्ने भएको हो ।
बैठकले विभिन्न ठाँउबाट आउने यात्रुबाहक साधनलाई प्रबेशमा निषेध गर्ने समेत निर्यण गरेको मिक्लाजुङ गाउँपालिका–५,का वडा अध्यक्ष अबिसन लावतीले बताए ।
बैठकमा माङसेबुङ गाउँपालिका–६, र मिक्लाजुङ गाउँपालिका–५,का जनप्रतिनिधि, ईलाका प्रहरी साक्फाराका प्रमुख, सशस्त्र प्रहरी बेस क्याम प्रमुख, स्थानिय बुद्दिजिविलगायतको उपश्थिती रहेको थियो ।