
काठमाडौं । कोरोना भाइरसको संक्रमित शुक्रबार ४ सय ६४ जना थपिएका छन् ।
स्वावास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमका अनुसार देशभरका प्रयोगशालामा ७ हजार ९ सय २६ जनामा गरिएको परिक्ष मध्ये शुक्रबार ४ सय ६४ जना थपिए संगै नेपालमा हालसम्मको कारोना संक्रमितको संख्या २२ हजार २ सय १४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ४ सय २५ जना कोरोना मुक्त भएर घर फर्किएका छन् । यससंगै १५ हजार ८ सय १४ जना उपचारपछि निको भइसकेका छन् ।
अहिलेसम्म कोरोना संक्रमणबाट ७० जनाको ज्यान गएको छ ।