थप ३७८ कोरोना संक्रमित, जम्मा संक्रमित २२,५९२ पुग्यो - Mangsebung News
  • सोमबार, असार २३, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

थप ३७८ कोरोना संक्रमित, जम्मा संक्रमित २२,५९२ पुग्यो


काठमाडौं । कोरोना भाइरसको संक्रमित शुक्रबार ३ सय ७८ जना थपिएका छन् ।

स्वावास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमका अनुसार देशभरका प्रयोगशालामा ७ हजार ७ सय ८८ जनामा गरिएको परिक्ष मध्ये शुक्रबार ३ सय ७८ जना थपिए संगै नेपालमा हालसम्मको कारोना संक्रमितको संख्या २२ हजार ५ सय ९२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ४ सय ९९ जना कोरोना मुक्त भएर घर फर्किएका छन् । यससंगै १६ हजार ३ सय १३ जना उपचारपछि निको भइसकेका छन् ।

अहिलेसम्म कोरोना संक्रमणबाट ७३ जनाको ज्यान गएको छ ।

सम्बन्धित खवर