
काठमाडौं । कोरोना भाइरसको संक्रमित आइतबार ३ सय ८० जना थपिएका छन् ।
स्वावास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमका अनुसार देशभरका प्रयोगशालामा गरिएको परिक्षमा आइतबार ३ सय ८० जना थपिए संगै नेपालमा हालसम्मको कारोना संक्रमितको संख्या २२ हजार ९ सय ७२ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ४० जना कोरोना मुक्त भएर घर फर्किएका छन् । यससंगै १६ हजार ३ सय ५३ जना उपचारपछि निको भइसकेका छन् ।
अहिलेसम्म कोरोना संक्रमणबाट ७५ जनाको ज्यान गएको छ ।