समाजसेवी आङ्थुपोलाई पितृ शोक - Mangsebung News
  • शनिबार, बैशाख १५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

समाजसेवी आङ्थुपोलाई पितृ शोक


दमक । समाजसेवी तथा समाजिक अभियान्ता संगीता आङ्थुपोलाई पितृ शोक परेको छ ।

आङ्थुपोका आमा दुर्गामाया केरुङ आङ्थुपोको निधन भएको एक हप्ता पछि उनका पिता सञ्चबहमदुर आङथुपोको निधन भएको हो । उनको आइतबार ७३ वर्षको उमेरमा निजी निवास पथरी मोरङमा निधन भएको हो ।

वैदेशिक रोजगारीको शिलशिलामा इजरायलमा रहेकी आङ्थुपो सामाजीक अभियेन्ता र राजनीतिक नेतृ समेत हुन ।

भरखरै इजरालमा सम्पन्न संघीय लोकतान्त्रीक राष्ट्रिय मञच तथा संघयि लिम्बुवान मञ्च इजरायलको अधिबेशनबाट निर्वाचित सचिव पनि हुन् ।

सन बहादुर केरुङ र आङदेम्बे पुर्णमाया केरुङको कोखबाट वि. स. २००४ सालमा फालेलुङ गाउँपालिका ३, (साविक ऐक्तिन), जिमा, पान्थर जन्मीएका थिए ।

सम्बन्धित खवर