
काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमित संख्या २३ हजार नाघेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार देशभरका प्रयोगशालामा गरिएको परिक्षमा सोमबार ३ सय ३८ जना थपिए संगै नेपालमा हालसम्मको कारोना संक्रमितको संख्या २३ हजार ३ सय १० पुगेको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा १ सय ४० जना कोरोना मुक्त भएर घर फर्किएका छन् । यससंगै १६ हजार ४ सय ९३ जना उपचारपछि निको भइसकेका छन् ।
अहिलेसम्म कोरोना संक्रमणबाट ७९ जनाको ज्यान गएको छ ।