
काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घन्टामा विभिन्न जिल्लाका चार जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले धनुषाका ६० वर्षीय पुरुषको प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको जानकारी दिए । त्यस्तै धनुषाकै ५० वर्षीय पुरुषको पनि मृत्यु भएको छ ।
त्यस्तै काभ्रेकी ५० वर्षीया महिलाको किष्ट मेडिकल कलेज ललितपुरमा र सिन्धुपाल्चोकका ८४ वर्षीय पुरुषको त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोभास्कुल सेन्टरमा मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
हालसम्म नेपालमा यो संगै ८३ जनाको कोरोना भाइरसको संक्रमणबाट ज्यान गएको छ ।