
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) का कारण स्थगित परीक्षा १६ भदौबाट सञ्चालन गर्न दिने सरकारले निर्णय गरेको छ ।
जनस्वास्थ्य तथा सुरक्षा मापदण्ड पालना गरी परीक्षा सञ्चालन र विद्यार्थी भर्ना गर्न भदौ १६ दिने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका सूचना, सञ्चार तथा प्रविधि मन्त्री डा. युवराज खतिवडाले बताए
कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले भने भदौ मसान्तसम्म विद्यार्थी भर्ना र परीक्षा सञ्चालन गर्न नदिने सिफारिस गरेको थियो ।
यसअघी ५ साउनमा सरकारले १ भदौबाटै परीक्षा सञ्चालन र विद्यार्थी भर्ना गर्न दिने निर्णय गरेको थियो । सरकारको यो निर्णयपछि कतिपय विश्वविद्यालयहरूले भदौ दोस्रो हप्ताबाट परीक्षा सञ्चालनको तयारी गरेका थिए ।
कोभिड–१९ संक्रमित र ज्यान गुमाउनेका संख्या बढ्दै गएपछि सरकारले आफ्नो पुर्व निर्णयमा पुनर्विचार गरेको हो ।