बलिउड नायक संजय दत्तलाई क्यान्सर - Mangsebung News
  • बिहिबार, चैत १५, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

बलिउड नायक संजय दत्तलाई क्यान्सर

एजेन्सी / बलिउड नायक संजय दत्तलाई तेश्रो चरणको क्यान्सर भएको छ । उनलाई फोक्सोको क्यान्सर भएको हो ।

केही दिन अगाडि श्वासप्रश्वासमा समस्या भएपछि उनी उपचारका लागि अस्पताल भर्ना भएका थिए । उनको कोरोना रिपोर्ट पनि नेगिटिभ आएको थियो ।

भारतीय संचार माध्यले जनाए अनुसार थप उपचारका लागि उनी अमेरिका जाने छन् ।

भारतीय मिडियाका अनुसार, क्यान्सरको खबरले संजय स्तब्ध बनेका छन् । उनले तेश्रो स्टेजको क्यान्सरको उपचारका लागि केही समय अस्पतालमा विताउनुपर्नेछ । उनी, आफू निको हुनेमा आशावादी छन् ।

उनको रिपोर्ट मंगलबार मात्र आएको हो । रिपोर्ट आएपछि संजयले मंगलबार दिउँसो सामाजिक संजालमा ट्विट गर्दै आफूले केही समयका लागि कामबाट ब्रेक लिन लागेको जानकारी दिएका थिए । उनले, आफ्नो साथमा आफ्नो परिवार रहेको भन्दै कुनै पनि खालको अड्कलवाजी नगर्न पनि फ्यानहरुसँग आग्रह गरेका थिए ।

यो बर्ष बलिउडमा नायक ऋषि कपुर र इरफान खानको निधन क्यान्सर रोगकै कारण भएको थियो ।

सम्बन्धित खवर