
काठमाडौं । नेपालमा कोरोना भाईरसको संक्रमितको संख्या २५ हजार नजीक पुगेको छ ।
बिहीबार ५ सय २५ जना थपिएको स्वावास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वावास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमका अनुसार देशभरका प्रयोगशालामा ९ हजार ५ सय ५९ जनामा गरिएको परिक्षमा बिहीबार ५ सय २५ जना थपिएको छ । सयसंगै नेपालमा हालसम्मको कारोना संक्रमितको संख्या २४ हजार ९ सय ५७ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १ सय ९ जना कोरोना मुक्त भएर घर फर्किएका छन् । यससंगै १६ हजार ८ सय ३७ जना उपचारपछि निको भइसकेका छन् ।
अहिलेसम्म कोरोना संक्रमणबाट ९५ जनाको ज्यान गएको छ ।