कोरोना संक्रमणबाट बिहीबार थप ४ जनाको मृत्यु - Mangsebung News
  • सोमबार, असार २३, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कोरोना संक्रमणबाट बिहीबार थप ४ जनाको मृत्यु


काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयले जनाए अनुसार बिहीबार मात्रै ४ जनाको मृत्यु भएको हो ।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा मोरङका ५७ वर्षीय पुरुषको कोशी अस्पतालमा, महोत्तरीका ४५ वर्षीय पुरुषको रामजानकी अस्पतालमा, धनुषाकी ८५ वर्षीया वृद्धाको बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा र अछामका १८ वर्षीय युवाको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको जानकारी दिए ।

सय संगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९५ पुगेको छ ।

सम्बन्धित खवर