थप ५९४ जना कोरोना संक्रमित, संक्रमित संख्या २५,५५१ पुग्यो - Mangsebung News
  • सोमबार, असार २३, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

थप ५९४ जना कोरोना संक्रमित, संक्रमित संख्या २५,५५१ पुग्यो


काठमाडौं । नेपालमा कोरोना भाईरसको संक्रमित बिहीबार थप ५ सय ९४ जना थपिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमका अनुसार देशभरका प्रयोगशालामा ११ हजार ५ सय ७५ जनामा गरिएको परिक्षमा बिहीबार ५ सय ९४ जना थपिएको छ । सयसंगै नेपालमा हालसम्मको कारोना संक्रमितको संख्या २५ हजार ५ सय ५१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २ सय ४० जना कोरोना मुक्त भएर घर फर्किएका छन् । यससंगै १७ हजार ७७ जना उपचारपछि निको भइसकेका छन् ।

अहिलेसम्म कोरोना संक्रमणबाट ९९ जनाको ज्यान गएको छ ।

सम्बन्धित खवर