कोराना संक्रमणबाट मृत्यु हुनेको संख्या सय पुग्यो - Mangsebung News
  • सोमबार, असार २३, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कोराना संक्रमणबाट मृत्यु हुनेको संख्या सय पुग्यो


काठमाडौं । नेपामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या सय पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित ब्रिफिङमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९९ पुगेको जनाएको थियो । सो संख्या साँझसम्ममा बढेर १०० पुगेको हो ।

साँझ धनुषाको जनकनन्दनी गाउँपालिका वडा नम्बर ४ मा एक जना ५० वर्षका पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भए संगै मृतकको संख्या १०० पुगेको हो ।

श्वास प्रश्वासमा समस्या भएपछि उनलाई बिहीबार प्रादेशिक अस्पताल, जनकपुरधाम ल्याइएको थियो । त्यहाँबाट काठमाडौं रिफर गरिएका उनको बाटोमै मृत्यु भएको थियो ।

कोरोना संक्रमणबाट मृत्यु हुने पहिलो व्यक्ति भने सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षीया सुत्केरी हुन् । उनको जेठ २ गते धुलिखेल अस्पतालमा मृत्यु भएपछि कोरोना पुष्टि भएको थियो ।

सम्बन्धित खवर