
काठमाडौं । नेपालमा कोरोना भाईरसको संक्रमितको संख्या २६ हजार नाघेको छ ।
शनिबार ४ सय ६८ जना थपिए संक्रमित संख्या २६ अजार नाघेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमका अनुसार देशभरका प्रयोगशालामा ११ हजार ४ सय ४७ जनामा गरिएको परिक्षमा शनिबार ४ सय ६८ जना थपिएको छ । सयसंगै नेपालमा हालसम्मको कारोना संक्रमितको संख्या २६ हजार १९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १ सय २४ जना कोरोना मुक्त भएर घर फर्किएका छन् । यससंगै १७ हजार २ सय १ जना उपचारपछि निको भइसकेका छन् ।
अहिलेसम्म कोरोना संक्रमणबाट १ सय २ जनाको ज्यान गएको छ ।