नेपाल प्रहरीको दुई जना डिआईजीमा कोरोना संक्रमण पुष्टि - Mangsebung News
  • आइतबार, असार २२, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

नेपाल प्रहरीको दुई जना डिआईजीमा कोरोना संक्रमण पुष्टि


काठमाडौं । नेपाल प्रहरीका दुई जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)लाई कोरोना संक्रमण पुष्टि भएको छ ।

उनीहरु प्रहरी अस्पताल, महाराजगञ्जमा कार्यरत उच्च प्रहरी अधिकृतहरु हुन ।

ती दुई अधिकृतमा संक्रमण भएको नेपाल प्रहरीका एक उच्च अधिकृतले पुष्टि गरेका छन् । हालसम्म अस्प्तालमा कार्यरत ३६ जनामा संक्रमण पुष्टि भइसकेको उनले बताए ।

नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले भने हाल प्रहरी प्रधान कार्यालय र हेक्वार्टर मातहतका इकाइमा गरी १५५ जनामा सक्रिय संक्रमण रहेको बताए ।

हाल प्रहरी अधिकारीको पीसीआर परीक्षण प्रहरी अस्पतालमै गरिँदै आएको छ ।

सम्बन्धित खवर