
काठमाडौं । नेपालमा कोरोना भाईरसको संक्रमित आइतबार ६ सय ४१ जना थपिएका छन्
।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमका अनुसार देशभरका प्रयोगशालामा १२ हजार २ सय ४७ जनामा गरिएको परिक्षमा आइतबार ६ सय ४१ जना थपिएको छ । सयसंगै नेपालमा हालसम्मको कारोना संक्रमितको संख्या २६ हजार ६ सय ६० पुगेको छ ।
पछिल्लो २४ घण्टामा १ सय ३४ जना कोरोना मुक्त भएर घर फर्किएका छन् । यससंगै १७ हजार ३ सय ३५ जना उपचारपछि निको भइसकेका छन् ।
अहिलेसम्म कोरोना संक्रमणबाट १ सय ४ जनाको ज्यान गएको छ