
काठमाडौं । नेपालमा कोरोना भाईरसको संक्रमित सोमबार ५८१ जना थपिएका छन्
।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमका अनुसार देशभरका प्रयोगशालामा ११ हजार ५ सय २० जनामा गरिएको परिक्षमा सोमबार ५ सय ८१ जना थपिएको छ । सयसंगै नेपालमा हालसम्मको कारोना संक्रमितको संख्या २७ हजार २ सय ४१ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १ सय ६० जना कोरोना मुक्त भएर घर फर्किएका छन् । यससंगै १७ हजार ४ सय ९५ जना उपचारपछि निको भइसकेका छन् ।
अहिलेसम्म कोरोना संक्रमणबाट १ सय ७ जनाको ज्यान गएको छ ।