
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ ।
राष्ट्रिय परीक्षा बोर्डको सोमबार बसेको बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरे पछि सोमबार बेलुका ५ बजे नतिजा सार्वजनिक गरेको हो ।
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलका अनुसार ४ लाख ७२ हजार ७८ विद्यार्थीको परीक्षाफल प्रकाशित भएको हो । नतिजा टेलिफोन, एसएमएस र बेभसाइटमा हेर्न सकिन बोर्डले जनाएको छ ।
गत चैत ६ गते एसईई परिक्षा हुने मिति निर्धारित गरिएको थियो । तर कोभिड–१९ का कारण अन्तिम समयमा परिक्षा स्थगन भएको थियो ।
परीक्षा नहुने भएपछि विद्यालयले गरेको आन्तरिक मूल्यांकनको आधारमा विद्यार्थीको मूल्यांकन गरेर जिल्ला समन्वय ईकाई मार्फत बोर्डमा पठाएका थिए । त्यसैको आधारमा नतिजा सार्वजनिक गरेको बोर्डले जनाएको छ ।