कोरोना संकट चुलिदैं : मंगलबार अहिलेसम्मकै धेरै १ हजार १६ जनामा कोरोना पुष्टि - Mangsebung News
  • आइतबार, असार २२, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कोरोना संकट चुलिदैं : मंगलबार अहिलेसम्मकै धेरै १ हजार १६ जनामा कोरोना पुष्टि

काठमाडौं । नेपालमा एकैदिनमा अहिलेसम्मकै धेरै १ हजार १६ जनामा कोरोना भाइरस(कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

यो सँगै नेपालमा कोरोना भाइरस(कोभिड–१९) संक्रमितको संख्या २८ हजार २ सय ५७ पुगेको छ ।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोरोना अपडेटबारे नियमित प्रेस ब्रिफिङमा पछिल्लो २४ घन्टामा देशभरका विभिन्न जिल्लामा गरि एकैदिनमा अहिलेसम्मकै धेरै १ हजार १६ जनामा कोरोना भाइरसको संक्रमण भएको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थपिएका थप १ हजार १६ जनासहित देशभर संक्रमितको संख्या २८ हजार २ सय ५७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितमध्ये नेपालमा १७ हजार ५ सय ८० जना उपचारपछि घर फर्किएका छन् भने मृत्यू हुनेको संख्या १ सय १४ पुगेकोे छ ।

सम्बन्धित खवर