बुधबार नेपालमा थप ६ सय ८१ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २८,९३८ पुग्यो - Mangsebung News
  • आइतबार, असार २२, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

बुधबार नेपालमा थप ६ सय ८१ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २८,९३८ पुग्यो

काठमाडौं । नेपालमा थप थप ६ सय ८१ जनामा कोरोना भाइरस(कोभिड–१९) संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना भाइरस(कोभिड–१९) संक्रमितको संख्या २८ हजार ९ सय ३८ पुगेको छ ।

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोरोना अपडेटबारे नियमित प्रेस ब्रिफिङमा पछिल्लो २४ घन्टामा देशभरका विभिन्न जिल्लामा गरि थप थप ६ सय ८१ जनामा कोरोना भाइरसको संक्रमण भएको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थपिएका थप थप ६ सय ८१ जनासहित देशभर संक्रमितको संख्या २८ हजार ९ सय ३८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितमध्ये नेपालमा १७ हजार ७ सय जना उपचारपछि घर फर्किएका छन् भने मृत्यू हुनेको संख्या १ सय २० पुगेकोे छ ।

सम्बन्धित खवर