
काठमाडौ । रौतहटमा एक पुजारीको गोली हानी हत्या भएको छ ।
रौतहटको माधवनारायण नगरपालिका २, खेसरहियामा रहेको हनुमान मन्दिरका पुजारी श्रीराम साहको गोली हानेर हत्या भएको हो ।
बुधबार साँझको नियमित पूजा सकेर राति खाना खान बसेका पुजारी साहलाई अज्ञात व्यक्तिले नजिकैबाट कन्चटमा गोली हानेका थिए ।
बायाँ कन्चटमा गोली लागेका पुजारीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी रविराज खड्काले जानकारी दिए ।
घटनाबारे थप अनुसन्धान भइरहेको एसपी खड्काले बताए ।