धरानमा मृत्यु भएका सप्तरीका युवामा कोरोना पुष्टि - Mangsebung News
  • आइतबार, असार २२, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

धरानमा मृत्यु भएका सप्तरीका युवामा कोरोना पुष्टि


सुनसरी । धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मंगलबार मृत्यु भएका सप्तरीका युवामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सप्तरीको राजविराज वडा नं. ४ का २८ वर्षीय युवालाई ज्वरो आएको र सास फेर्न गाह्रो भए पछि उपचारका लागि राजविराजस्थित छिन्नमस्ता अस्पताल लगिएको थियो । तर अवस्था गम्भीर रहेको भन्दै सो अस्पतालले बीपीमा रेफर गरेको थियो । धरान लगिएको केहीबेरमै उनको मृत्यु भएको थियो ।

ती युवकको शव राजविराज ल्याइएपछि स्वाब संकलन गरिएको थियो । स्वाबको रिपोर्ट बुधबार राति कोरोना पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

सप्तरीमा यी युवकसँगै कोरोना संक्रमण पुष्टि भएर मृत्यु हुनेको संख्या ४ पुगेको छ ।

सम्बन्धित खवर