बिहीबार थप ७०७ जना कोरोना संक्रमित, संक्रमित संख्या २९,६४५ पुग्यो - Mangsebung News
  • आइतबार, असार २२, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

बिहीबार थप ७०७ जना कोरोना संक्रमित, संक्रमित संख्या २९,६४५ पुग्यो


काठमाडौं । कोरोना भाईरसको संक्रमित बिहीबार ७ सय ७ जना थपिएका छन्

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमका अनुसार देशभरका प्रयोगशालामा ११ हजार ८ सय ३२ जनामा गरिएको परिक्षमा बिहीबार ७ सय ७ जना थपिएको छ । सयसंगै नेपालमा हालसम्मको कारोना संक्रमितको संख्या २९ हजार ६ सय ४५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २ सय ६४ जना कोरोना मुक्त भएर घर फर्किएका छन् । यससंगै १७ हजार ९ सय ६४ जना उपचारपछि निको भइसकेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण थप ६ जनाको मृत्यु भएको छ। यस संगै नेपालमा अहिलेसम्म कोरोना संक्रमणबाट मृत्यु हेनेको संख्या १ सय २६ पुगेको छ ।

सम्बन्धित खवर