पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु - Mangsebung News
  • आइतबार, असार २२, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु


झापा । कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा थप ६ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबारको नियमित पत्रकार ब्रिफिङमा जनाए अनुसार पछिल्लो २४ घण्टामा थप ६ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा काठमाडौँकी एक महिला, मकवानपुरका एक पुरुष, सप्तरीका एक पुरुष, पर्साकी एक महिला र दुई पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

यससँगै नेपालमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय २६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सम्बन्धित खवर