
काठमाडौं । कोरोना भाईरसको संक्रमित शुक्रबार ८ सय ३८ जना थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमका अनुसार देशभरका प्रयोगशालामा १३ हजार ६ सय ७९ जनामा गरिएको परिक्षमा शुक्रबार ८ सय ३८ जना थपिएको छ । सयसंगै नेपालमा हालसम्मको कारोना संक्रमितको संख्या ३० हजार ४ सय ८३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा २ सय ५० जना कोरोना मुक्त भएर घर फर्किएका छन् । यससंगै १८ हजार २ सय १४ जना उपचारपछि निको भइसकेका छन् ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण थप ११ जनाको मृत्यु भएको छ । यस संगै नेपालमा अहिलेसम्म कोरोना संक्रमणबाट मृत्यु हेनेको संख्या १ सय ३७ पुगेको छ ।