कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु, मृत्यु हुने संख्या १३७ पुग्यो - Mangsebung News
  • आइतबार, असार २२, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु, मृत्यु हुने संख्या १३७ पुग्यो


काठमाडौ ।
कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा थप ११ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले शुक्रबारको नियमित पत्रकार ब्रिफिङमा जनाए अनुसार पछिल्लो २४ घण्टामा थप ११ जनाको मृत्यु भएको हो ।

मृत्यु भएकाहरुमा मोरङ, पर्सा, बारा, काठमाडौँ, ललितपुर, मकवानपुर, चितवन, सप्तरी, सर्लाही, दोलखा र प्यूठानका एक–एक जना रहेका छन् ।

यससँगै नेपालमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ३७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सम्बन्धित खवर