
काठमाडौं । नेपालमा कोरोना भाईरसको संक्रमित संख्या ३२ हजार नजिक पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमका अनुसार देशभरका प्रयोगशालामा ८ हजार २६ जनामा गरिएको परिक्षमा आइतबार ८ सय १८ जना थपिएको छ । सयसंगै नेपालमा हालसम्मको कारोना संक्रमितको संख्या ३१ हजार ९ सय ३५ पुगेको छ ।
पछिल्लो २४ घण्टामा २ सय ८१ जना कोरोना मुक्त भएर घर फर्किएका छन् । यससंगै १८ हजार ६ सय ३१ जना उपचारपछि निको भइसकेका छन् ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण थप ३ जनाको मृत्यु भएको छ । यस संगै नेपालमा अहिलेसम्म कोरोना संक्रमणबाट मृत्यु हेनेको संख्या १ सय ४९ पुगेको छ ।