कम्युनिष्ट सांस्कृतिक विचलनमा प्रेम र यौनको सौन्दर्यता - Mangsebung News
  • शनिबार, बैशाख ०८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कम्युनिष्ट सांस्कृतिक विचलनमा प्रेम र यौनको सौन्दर्यता


पुर्व प्रधानमन्त्री सन्तनेता स्व.कृष्णप्रसाद भट्टराईले भन्थे, नेता हुन वा बन्नलाई पैसा, रक्सी र तरुनी अनिवार्य चाहिन्छ । जोसंग यी चीजहरु हुन्न त्यो नेता बन्नै सक्दैन । फिरः यी सन्तनेता किसुन बुढाले पैसामा र्याल भने काढेनन् । बरु रक्सी र तरुनीमा भने र्याल काढी रहे/चुहाई रहे । ऊनी भन्थे कि, वीना सित्तैमा दूध खान पाईन्छ भने गाई पाली रहन किन झण्झट गर्ने..? काशः ऊनी नेपाली कांग्रेसको सभापती हुँदै देशको दुई पटक प्रधानमन्त्री बने÷भए । राजनीतिमा खुबै आनन्द औं मस्ती लुटे । सधैं एकल बुङगो रहे । बढी ऊनी अध्यात्मवादी चिन्तनका थिए । ता पनि उनको विचार र प्रयोग सदा विरोधाभास थियो । म कुमार पनि होईन र विवाह पनि गर्या छैन भन्थे । तथापी कुनैपनि त्यस्तो तरुनी स्क्याण्डलमा फसेनन् । उनको जीवनको उत्तारार्धमा अनिता कपाली नामकी स्त्री आईन् । ऊनी यौंन साथी बन्न आको थिइन् । न त रखेल र बेश्या बन्न नै । ऊनी सिर्फ किसुन बुढाको स्वंयसेविका बनी रहिन् । त्यसलाई अनेकन कुरा काट्ने मान्छेहरुले मसला बनाई रहे । बुढालाई त्यसले केही फरक पार्न सकेन । जसलाई बुढाले मजाक र ठट्टा मै उडाई दिन्थे । यो उनको अभुतपुर्व मानवीय सहनशिलताको शिष्टता थियो ।

अतएवः शालिन नेताका रुपमा आफ्नो विशेषः ब्याक्तित्व निर्माण गरेका यी किसुन बुढाले कम्युनिष्टे नेताहरुको जस्तो लक्जरी जीवन शैलीको भोग, विलासी जिन्दगी रोजेनन् । घर घडेरी सम्पती केही पनि जोडेनन् । स्वास्नी छोराछोरी केही नि चाहेनन् । पारिवारीक मोहबाट सदा टाढा रही रहे । बरु सुनेथें कि कम्युनिष्टहरुको पो आफ्नो नाममा केही हुनु हुदैंन भन्थे । जसको परिवार, श्रीसम्पती लगायत केही हुदैंन । उनेरुँको आफ्नो भन्नू नै सबै सामुहिकता हो भन्ने बुझेको हो । उनेरुँको माक्र्स, लेनिनको दर्शनले यस्तै आदर्श जीवनको स्कुलिङ गराउँछ भन्नेसम्म सुनेको थिए । परन्तु किसुन बुढाले राजनीतिमा जसरी ईन्ट्री मारेथे । आखिर आफ्नो जीवनको अन्तिम चोला विसर्जन गर्दै गर्दा पनि उसैगरी नै चोला बन्द गरेर गए । जस्तो आए, उस्तै गए । सिंहदरबार होस् या बालुवाटार छिर्दा किन नहोस् । अन्ततः उनको साथमा साथ रहने वहीँ एउटा छाता र सुराही मात्र थियो । जो ऊनी रित्तो नहुनुको जगेडा सम्पती भनेकै यहीँ दुई चीज न थिए । उनले आफ्नो राजनीति जीवनमा कमाएको भरपर्दो साथी र मुल्यवान सम्पती भनेकै मात्र यहीँ दुई चीज लोक अगाडी देखिए र थिए । बस् …!

फेरि उसताक वामपन्थी कम्युनिष्टेहरुलेचेन् भन्ने गर्थे कि, र्पैसा, रक्सी र तरुनीहरुसंग छिल्लिनेहरु कहिले पनि कम्युनिष्ट बन्न सक्दैनन् । जुन कम्युनिष्टले त्यो प्रयोग गर्छ, त्यो पुर्ण त सांस्कृतिक विचलन हो । यो हामी कम्युनिष्टहरुको अकाट्य मार्ग निर्देशक सिद्धान्त जस्तै नै हो । कम्युनिष्ट बनेपछी जसले यस्तो निंच हर्कत देखाउँछ, ऊ नैतिक भ्रष्ट र ब्यभीचारीमा दरिन्छ । पार्टीबाट निस्कासीत गरिन्छ । कार्यकर्ताहरुबाट बहिष्कृत जस्तै हुन्छन् । कम्युनिष्ट बन्नलाई यी यावत नैतिक आचार संहिताको पालन गर्नु पर्नेबारे पढाएथे । अहिले यसो गम्छु, हिजो प्रजातन्त्र प्राप्तिको खातीर लडी हिडेका बामपन्थी भनौंदा कम्युनिष्टेहरुको उसबेलाको भुमिगतकालमा क्रान्तिकारी योद्वा बनेका लडाँकुहरुको जीवन दर्शनलाई नजिकैबाट उधारेर पढ्यो भने जसलाई येनारुँले प्रेमलाप र यौंनकर्मलाई सांस्कृतिक विचलनको संज्ञा दिए र कति निम्छरा आफ्नो तहगत पार्टी कार्यकर्ताहरुलाई कार्बाही नि गरे । तर दुर्भाग्य अफसोंच नै भन्नुपर्ला कि पार्टीको माथिल्लो ओहोदामा पदासिन नेताहरुको हकमा भने त्यो चरित्रले सांस्कृतिक विचलनको ब्यभिचारीको ट्याग बोकी रहनु परेन । उनेरुँको जीवन शैलीको हकमा यो विरोधाभास दुष्कर्म खुलेआम जस्तै भोग गरि रहे ।

भनिन्छ नि, क्रान्तिकारी योद्वासंग प्रेम हुनु हुदैंन र गर्न नि पाईन्दैन भन्ने कथन छ । जो कठोर हुनुपर्छ । त्यतिकै निर्दयी पनि । प्रेमले एउटा क्रान्तिकारी लडाँकु युद्वाको शक्तिलाई क्षीण अर्थात कमजोर बनाई दिन्छ । र उसले युद्व जीत्न सक्दैन भनेर स्त्री आगमन र स्त्री गन्धबाट सदा पर–पर राख्दै कम्युनिष्ट सदाचारको थर्ड अफ स्कुलिङ गराई रहिन्छ । तसर्थ, कम्युनिष्ट राजनीति जीवनमा प्रेम र यौंन सधैं वर्जित जस्तै राखी टोपले । यथार्थमा भन्नुपर्दा भुमिगतकालमा यी कति नेताहरुको (अपवाद बाहेक)राजनीति उर्जा भनेकै यहीँ प्रेम र यौंन त थियो । साथमा त्यहीँ सहकर्मी स्त्री साथीहरु नहुँदो हो त आफ्नो राजनीति मिशन कसरी पूरा गर्न सक्थे होला के..? आखिर भौतिक द्वान्द्ववादलाई प्रमुख बिज मान्नेहरुले भोक र भोगबाट कति न दुरदिन रहन सकेका थिए होलान् र..? भोक भौतिक शरिरमा अकाट्य हो । जो ठोस पदार्थ र आहार बीना बाँच्न सकिन्न । तर भोगचेन् केवल तृष्णा मात्र हो । तृष्णालाई मार्न वा दबाउँन सक्यो भने त्यो भोगकर्म यानेकी यौंन जीवनमा आवश्यक छैन् । बुद्वको बुद्वत्वसार नै के हो भने मान्छेहरु यहीँ तृष्णाका कारण बहुत दुःख पाउँछन्÷भोग्छ्न् । तृष्णा भन्नू नै अतृप्ति हुनु हो । सदा लोभ, लालचा, माया, मोह र यौंन आशक्तीहरुमा जीवन बर्बाद एवं ध्वास्त पार्दै लैजानु अथवा भाषमा डुब्दै जानू जस्तै हो । यथार्थमा दुःखको कारण र जीवनको अवसानको कारकतत्व नै यहीँ हो ।

अतः कम्युनिष्टे नेताहरुले जो बुद्वको सिद्धान्त दर्शनलाई आत्मासात, मनन भने गर्न खोजेका हुन् । तर दुर्भाग्य त्यो अतृप्त मृगतृष्णारुपी भोगकर्महरुबाट एकरत्ति भाग्न र अछुतो नि हुन सकेनन् । विचराहरु(अपवाद बाहेक) क्रान्तिकारीताको नाउँमा प्रेम र यौंनको कति युद्व लडे । एक आपसमा कति रसरंग गर्दै यात्रा गरिरहे । एउटा लडाँकु योद्वाको जीवनमा नारी जीवन नहुंदो हो त ? त्यो क्रान्तिकारि जिन्दगी कति निरश र बैंचेन हुन्थ्यो वा बन्न सक्थ्यो के । वास्तव मै यथार्थ ओकल्नुपर्दा जुनसुकै क्षेत्रको लडाँइमा होस् । नारी सहभागिता वीनाको कुनैपनि लडाँइहरु रत्ति जीत्न सकिन्दैंन । फेरि यो कलमी हस्ताक्षरको आशय पुरुष भालेहरुको हकमा नारीहरु भोग गर्नलाई नै अनिबार्य चाहिन्छ भन्नेचेन् कदाचीत हुँदै होईन । तथापी नारी अस्तित्व र उसको उठान पुरुषहरुको हकमा उर्जा औं शक्तीको प्रेरणा पनि हो । केवल भोग गर्ने उपयोगी साधनको रूपमा मात्र यसको चरीत्र निर्माण र व्याख्या गर्न भने खोजीएको होईन । जुन समयताका भुमिगतकाल खण्डमा ऐंस बैंसहरुको राजनीति तापक्रम डिग्रीको भोल्टेजहरु आकष्मिक बढ्न जाँदा माटोको थुम्काथुम्की अनि रुखका ठुटाठुटीहरु माथी घोडाचढी खेल्नु र चाकाचुली जस्तो खेलहरु खेल्नुलाई के अनर्थ मान्ने र..? यहीँ घर्षण गर्ने कृयालाई नै त येनारुँले भौतिकवाद द्वान्द्वको प्रगतिशील उचाईको सुत्र माने ।

जब प्रगतिशील भाले वीऊहरुको वीजन क्रान्तिकारी नेतृहरुको पेटभित्र अंकुरण हुन थाल्थ्यो । त्यो उनेरुँको हकमा कहिले पनि सांस्कृतिक विचलन हुँदै भएन । त्यो ट्यागको टिको ग्रहण गर्नु परेन । जसलाई लोकका अगाडी सामाजीक बैधता प्रदान गर्न÷गराउँन अन्ततः उनेरुँले यसलाई प्रगतिशील जनवादी विवाह भनेर लोकलाज टार्ने र छोप्ने कार्य गर्दै आए/गए । जुन माओवादी युद्वमा त यसले झनै पराकाष्ठा नै नाघेथ्यो । कम्युनिष्ट लाईनमा यो सांस्कृतिक विचलनलाई, प्रगतिशील जनवादी विवाहको ट्याग लगाई शुद्धीकरण गर्ने अभियान कम्युनिष्टधारमा उस्तै अझै नि निरन्तर जारी नै छ । अहिलेको हकमा भन्नुपर्दा कम्युनिष्ट नेताहरुको बैचारिक धरातल र नैतिक चरित्र ओरोलोतीर स्तखलित हुँदै गएको देखिन्छ । आफ्नो राजनीति नैतिक पतन हुने दोष वा गुण देखिए, उनेरुँ त्यसलाई तत्कालै बचाउ गर्न बैचारिक रुपले त्यसको परिभाषित अर्थबोध गराउँन उस्तै माहिर र तत्पर देखिन्छन् । पछिल्लो ओली सरकारको थुतुनो यस्तैमा बढी प्रयोग र सेभ डिफेन्समा जोडवल गर्छन् । उस्तैनै तर्क पेश गरेर प्रमुख पेश गरिएको मुद्दाको केसलाई अन्तै किनारा मोडि दिने गरि दिन्छन् र ढिसमिस गर्नेतीर कुतर्क पेश गरिरहन्छन् । अब आफै विश्लेषणात्मक टिप्पणी गर्नुस् कि, उनेरुँको कम्युनिष्ट नीतिगत भाषामा सांस्कृतिक विचलन भन्ने चारित्रीक प्रवृत्तिलाई आफ्नो कित्तामा कोही आफ्नो मान्छे पर्यो वा कोही नजिकको परोस्, उसको कुकृत्यलाई एकै निमेषमा जनवादी सांस्कृतिक विवाह भने भई गयो । बस् ..!

पुनश्चः सर्वहारा बर्ग जनताको नेतृत्व गर्ने कम्युनिष्ट हुँ भन्ने नेताहरुको विगतकालको राजनीति ईतिहासको ईतिबृतिहरु खोतल्ने हो भने् एकाध बाहेकका राजनीति संघर्षका गाथाहरु क्रान्तिकारिता कम, प्रेम र यौंन उन्माद बढी नै तुलाकाँटामा जोख्दा देखिएला सायद । उम् ..! कांग्रेसी नेताहरुचेन् फेरि यस मामिलामा ज्यादँै निर्मल छन् । सङ्लो विशुद्ध नै हुन् भन्ने पक्कै होईन । मात्र उनेरुँको राजनीति संघर्षरत यात्रालाई यहाँ हुबहु दस्तखत नराख्नुको कारणचेन्, क्रान्ति र युद्वमा हुने प्रेम र यौंनलाई येनारुँलेचेन् कम्युनिष्टहरुले औंल्याए जस्तो सांस्कृतिक विचलन पनि भनेनन् । उपभोग गरेपछी पुनः त्यसलाई जनवादी विवाहको रूपमा ग्रहण पनि गरेनन् । त्यस्तो ट्याग लगाई दिएर लोकका अगाडि कहिले सम्बोधन पनि गरेनन् । सोही कारण यी कांग्रेसी नेताहरुको चरित्र र प्रवृत्तिको उति वर्णन गरिएन । जति कम्युनिष्ट नेताहरुको गरिएको छ । उसबेलाको यी नेताहरुले गरेको क्रान्तिकारिता भित्रको अन्तरंग र रसरंगको फेहरिस्तलाई उतार्ने हो भने कर्णालीको झोर्लुङगे पुल भन्दा पनि निकै लामो सुची नै बन्न जाला सायद । अन्ततः जसलाई उनेरुँले लोक अगाडि आर्थिक मितब्यायिताको सामाजीक र सांस्कृतिक रुपान्तरणको नमुना हो भन्दै जनवादी विवाह गरेको परिदृश्यहरु देखाउँदै लगे गाँठे..!

अपितुः माओवादी जनयुद्धकालमा यी यस्ता भ्रष्ट सामाजीक र सांस्कृतिक विचलनका दुर्घटनाहरु कति भए/भए । जसको लेखाजोखा नै छैन् । छोरीचेलीहरु त क्रान्तिकारी युद्वको नाउँमा एकाध बाहेक प्राय उनेरुँ सबै नै भोग्य बस्तुको रूपमा मात्र उपयोग गराईए । युद्वमा प्रेम होईन, खाली यौंन मात्र भोको देखिन्छ र हुन्छ । जुन यौंन कृयालाई नारीहरु प्रेम सम्झन्छन् । त्यस्ता अनेकन युद्वहरुको रणभुमीमा कति लडाकु नारीहरुको अष्मिताहरु जवर्जस्त लुटिए । बलात्कृत बनाईए । कतिलाई प्रेमको नाटकमंचनमा उनेरुँको शरिर माथी मनलाग्दी रतिक्रीडा गरि रहे । कतिले पद र सम्मान पाउँने बचनको प्रलोभनमा आफ्नो शरिर बन्धकी राखी खुलेआम परेड खेल्न दिए । कथित युद्वको ब्यापारमा भाले पुरुषहरु स्त्रीलम्पट औं यौंनपिपासु नभएको होउँन् । जहाँ लडाकु योद्वा नारीहरु सुरक्षित भएको आभास हुन सकेको होस् । युद्वभुमीमा त्यस्तो सुरक्षित जग्गा पाउँन र भेटिनु लडाँकु नारीहरुको हकमा भने दिवासपना जस्तै मात्र हो ।

देख्दा युद्धमा पुरुषभाले एकाध बाहेक रक्षक नै हुन् भन्ने लाग्छ । तर अफसोंच येनारुँ भक्षक जस्तै भएको ब्याबहार देखाउँछन् । मानौं युद्वको आवेग र आहतले समबेदना गुमाएको नरपशु अघोरी झैं उनेरुँ नारीहरुमाथी जाईलाग्छन् । जो लेडिज किलर हुन् जस्तो त्रासदीपुर्ण परछाँयाको झझल्को दिने गर्छन् । युद्वबाट बाँचेर अन्ततः घर न घाट भएका असंख्य लडाकु नारीहरुको अकथनीय क्रन्दनको पिडादायी कथन र बेदनाको यथार्थ चित्रण हो यो । अतः प्लेटोनिक फिलोसफीले उदृत गरे जस्तो आकांक्षा र बास्नारहीत प्रेमनै सर्वोत्तम उत्कृष्टताको सुन्दरता हो । तर जुन सामरिक युद्वमा प्लेटोनिक प्रेम प्रस्फुटित हुनु र त्यो अंकुरण हुन र पाउँनु भनेकोचेन् आफैमा ज्यादैँ दुर्लभता हो । त्यस्तो प्रेम एकाध अहोभाग्यमानी नारीहरुले मात्र प्राप्त गर्न पाउँछन्स/क्छन् । यी यस्तै देश र समाज भित्र देखिने न् मामिलाहरुको घटनाक्रमले गर्दा नै युद्ध, प्रेम र राजनीतिमा जे पनि हुन सक्छ भन्ने गरियो । आज यसले देश र समाजमा वहीँ अराजक बेथितिको संस्कार हावी बन्दै गई रहेकोछ । यो बेथितिको संस्कारलाई सामाजीक बैधताको मान्यता प्राप्त लाईसेन्स बाड्ने हकवाला विशेष अधिकारी प्रमुख नै कम्युनिष्टे शासक र नेताहरु दरिए । यिनैले शासनसत्ता हत्त्याएसी यी यस्ता सामाजीक विचलनहरुको बेथितिले देश र समाजमा पराकाष्ठा नै नाँघी सक्यो ।

स्मरण रहोस् कि, आफुहरुलाई कथित विशुद्ध बामपन्थी कम्युनिष्टहरु हुँ भन्नेहरुलेनै कमरेड मोहनविक्रम सिंहलाई सांस्कृतिक विचलन गरेको र पार्टी विधान विपरित अमर्यादित कार्य गरेको अभियोग लगाई पार्टीबाट कार्बाही गरिएको थियो । उनको कसुर भनेको मात्र आफुभन्दा उमेरको हकमा धेरै अन्तर बर्षले कान्छी दोश्रो महिला विवाह गरेको कारण थियो । जुन पहिलो जेठी संगिनी वितेकी थिइन् । नेपाली राजनीति बामपन्थी कम्युनिष्ट ईतिहासमा सिंह नै प्रजातन्त्र र लोकतन्त्र वहालीपछी पनि भुमिगत राजनीति गर्ने पहिलो बामपन्थी नेता हुन् । उनी अहिले पिनि नेकपा (मसाल) को नेतृत्वकर्ता हुन । जो अहिलेका यी सबै कम्युनिष्ट नेता भनौंदाहरुको पनि दिग्दशक हुन् । येनारुँ उनको चेलाहरु जस्तै हो । शब्दभावहरुमा भने यसो मेन्जो आफ्नो राजनीति गुरु जस्तै भएको भने स्वीकारेको पाउँन सकिन्छ । सिंहलाई त्यो हदसम्मको कसुरदारी अपराधी जस्तो कार्बाही गर्नु भनेको एउटा निहुँ वा वहाना मात्र चाहिएको थियो । पार्टीमा उनको प्रभाव बढ्दै जानू र राजनीति प्राज्ञिकताले अरुलाई ब्याक पार्दै लैजानुले जसै सिंहलाई गलहत्त्याउँनु नै थियो । निहँ पोखियो सहजै किनारा लगाई दिए कठै..!

भनिन्छ कम्युनिष्ट राजनीतिमा कोही कसै आफुभन्दा माथी प्रभावशाली बने या देखिए, उसलाई अघि जानमा कुटिलता प्रयोग गरिन्छ र निषेधाज्ञा रोक लगाउँन थालिन्छ । कम्युनिष्टहरुको लालझण्डा भित्र कैद भएको हसिंया हथौड़ा त्यैसैको प्रतीक हो । जो माथी चढ्न खोज्छन् । उसलाई हसिंयाले तान्ने हो । तान्दा नआए वहीँ हथौड़ाले ठोक्ने हो । तल झार्ने नै हो । जननेता स्व.मदन भण्डारी र संगठन विभाग प्रमुख स्व.जीवराज आश्रीतलाई अन्ततः यहीँ सुत्र प्रयोग गरिएको हो र थियो भन्दा अतियुक्ती नहोला सायद । अहिलेको डवल नेकपामा यहीँ सुत्रनै प्रभावशाली नेताहरुको हकमा प्रयोग भई रहेकोछ । राजनीतिमा थुप्रै त्यस्ता प्रभाव राख्नसक्ने नेताहरु अहिले शनैःशनैः गुमनाम बेपत्ता जस्तै भएका छन्÷देखिएका छन् । सोही मानेमा त लोग्ने मरेका (मारिएका) खाली ठाउँहरुमा उनका अर्धाङगेनीहरुले सत्ताभोगको रजाईं गर्दै आईरहेछन् । हिजो सत्ता बाहिर हुँदा उनेरुँको हत्या भएको हो भन्दै सडक तताए । अराजकता देखाए । हत्यारालाई जसै आकाश–पतालबाट धुईं पताल खोजेर भए पनि निकाल्ने धृष्टता कवोलहरु गरे ।

खोई त आज सत्तामा पटकपटक भोग गर्न पुगिरहेकै छन् । हत्याराहरु खोज्नेको त के कुरा रहयो र..? येनारुँले आफ्नो जननेताको नामसम्म लिदैनन् । उनको नाम उच्चारण हुनलाई त उनको चोला त्रिशुली नदीमा बगाएको त्यो कालोदिन जेठ ३ गतेलाई मात्र पर्खनु पर्ने हुन्छ । जुनदिन मेञ्जो सम्झे जस्तो गोहीको आँशु तप्त झार्छन् । उनको जवज.(जनताको बहुदलीय जनवाद)को यसो मेन्जोसिक सम्झनामा उधार्छन् र औपचारिकता सक्छन् । अहिले त यो जवजलाई पनि ओली सरकार र महामहिम राष्ट्रपति विद्यादेवी भण्डारीले जवरा.(जंगबहादुर राणा) शासकीयशैली उन्मुखतिर पो जवर्जस्त धकेल्दै लगेको देखिन्छन् । ९० प्रतिशत त जबरा.शैली केन्द्रीत शासन पद्धतिमा सुचारु गरिएको अवस्था छ । त्यसमा अझै डवल नेकपा.जोडीएसी प्रचण्ड महाराजको अर्को उसको वाद मिसाउँन त बाँकी नै छ । कम्युनिष्टेहरुको रंगरुप हेर्दा पनि लोक उसै तीनदाङ पर्ने गर्छ । उनेरुँको युवानेता कमरेड लेखनाथ न्यौपाने भन्छन् । अहिले नेकपा.न पार्टी विधिले चलेको छ । न त नीति र सिद्धान्तले नै चलेको छ । उनको हकमा अहिले पार्टीलाई हाँक्ने मुख्य मार्गदशक निर्देशक सिद्धान्त र नीति नै छैन । सरकार पनि उहीँ कुहिरो भित्र हराएको काग जस्तै भएको छ । उनको यो पार्टी र सरकारलाई साईलेण्ड विद्रोहताको ऐंलान पनि हो ।

अहिलेको सत्ता राजनीतिलाई शल्यक्रिया गरि भन्नुपर्दा ओली सरकार र महामहिम राष्ट्रपतिको राजनीति केमेष्ट्री जोडीचेन् उधुम्मै औधी क्रसम्याच गरेको छ । आफ्नो प्रतिद्वन्द्वी विपक्षी र आफ्नै पार्टीका विरोधी नेताहरुको हकमा भने महामहिम राष्ट्रपति चेक एण्ड ब्यालेञ्जका रूपमा देखिन्छन् । ओली सरकारको विरुद्ध कोही कसै उभिए, महामहिम चेकका रूपमा सेभ डिफेन्समा उभि हाल्छिन् । ओली सरकारलाई त जुनसुकै समय बाधा अडचन फुकाउ गर्न गराउँन ऊनी जतिखेर पनि सर्बाङगै सेवारत हुन जसै राजी छन् । जसको कारण ओली सरकारलाई आफ्नो पक्षविपक्ष विरोधीहरुलाई ठेगान र तह लगाउँन गज्जवको मज्जा लागेको हुनुपर्छ । अबः सत्ताभोगमा यो भन्दा इश्र्याले भरिएको लोभलाग्दो देखिएको सुन्दर केमेष्ट्री जोडी लोकसामु कहाँ पाईएला र..? नेपाली राजनीति सत्तामा यतिको मिलेको शासनभार संचालन गर्ने केमेष्ट्री जोडी यी दुई बाहेक अरु कस्ले यो ईतिहास रच्न वा निर्माण गर्न सक्यो होला के..? धन्य ओली सरकार एवं महामहिमज्यु ।

अन्तः कम्युनिष्ट सिद्धान्त के रे भन्दा त, जो तर्क गर्न, लेख्न र बाठो हुन जान्दैन, ऊ कहिले पनि कम्युनिष्ट बन्न/हुन सक्दैन भन्थे । तसर्थ, यो कलमी हस्ताक्षर ज्यान कहिले कम्युनिष्ट बन्न सकेन, न त कांग्रेस नै । यी सबै चीजहरुलाई आफ्नो बशमा अर्थात काबुमा राख्न सक्ने सामर्थय किमार्थ मसंग थिएन । र अहिले पनि छैन् । म यस कारण पनि कम्युनिष्ट हुन लालयित हुन सकिन । किनभने उनेरुँको मार्गदशक निर्देशक सिद्धान्तमा माक्र्स, लेनिनवादको सौन्दर्यताको छाँया तस्वीर कहिँ कतै पनि देखिन । उनेरुँको सौन्दर्यचेत त वहीँ बाहुनवाद भित्रको सामाजीक, सांस्कृतिक र धार्मिक हिन्दु संरचनाकै निरन्ततामा यसको प्रयोग र दिशाबोध छ । उत्पीडित बर्ग र जातिको हितमा कम्युनिष्ट सौन्दर्यता कथित मिथ्या भ्रम र जालसाँझी सिवाए केही होईन । देश र जनतालाई छलछाम गरेर सत्तामा पुग्ने भर्याङ बाहेक उनेरुँसंग देश निर्माण गर्ने र आमजनताको दुःख बाँड्ने हेर्ने सपनाहरू रत्तिभर छैनन् । येनारुँ हृदयहीन भावशुन्य कम्युनिष्टहरु हुन् । मुर्दा जस्तै हुन् । श्वास छ तर समबेदनाको प्राण छैन् । सिर्फ अवचेतन कम्युनिष्टहरु हुन् । मान्छेको नाममा खप्पर भएर के गर्ने ? त्यसमा चेतनाशुन्य छ । जसलाई हामेरुँले जवर्जस्त तेमेरुँ कम्युनिष्टहरु हौउ कि हौउ भनेर बाःक्याना के बोलाई रहन्छौं के । फेरि उनेरुँले नि भनि सके कि अब हामीरु कम्युनिष्ट होईनौ । अनि किन कम्युनिष्ट बन्न येनारुँको पिछलग्गु बनि रहनु पर्ने ?

विट्यौंनीमा, मत राख्नुपर्दा अहिलेका यी कम्युनिष्टहरु माक्र्स, लेलिन र माओत्सेतुङहरुको दर्शन र तस्वीर राखेर पुँजीवादी सामन्तवादलाई मलजल गर्ने कर्पोरेट माफियाका दलाल ब्यापारीहरु हुन् । सिर्फ सत्ता र पैसा मात्र चाहियो । बाँकी बालमतलव भएन । बन्दुकको नालबाट निस्केको गोलीले सत्ता प्राप्त गर्छ भन्ने कम्युनिष्टेहरुको महावाणी पुर्ण सावित गराई देखाई दिए । हो रहेछ कमाउँरेडहरु हो । तेमेरुँ पतित कम्युनिष्ट नामधारीका बेश्या राजनीतिकर्मी हौउ । कम्युनिष्ट जस्तो विशुद्ध जनताको सारभौंमसत्ताको सम्बोधन गर्ने शासकीय स्वरुपको नेतृत्व गर्ने सभ्यताको जननी नेमप्लेटको कत्लेआम गर्दै खुलेआम बलात्कार गर्यौ । जसको नाममा देश र जनताको रगत चुसी रहयौ । कम्युनिष्टको नाममा रक्तपिपासु बदनामी कलंकको टिको लगाई दिएर पनि सत्तामा राज छ । त्यो कथित बालुवामाथी निर्मित सत्ताको राजसिंहासन कहिलेसम्म ठडिएला..?

Email: lojimaphago@gmail.com

सम्बन्धित खवर