विश्वमा कोरोना संक्रमबाट मृत्यु हुनेको संख्या ९ लाख २४ हजार ५ सय ७७ पुग्यो - Mangsebung News
  • शनिबार, असार २१, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

विश्वमा कोरोना संक्रमबाट मृत्यु हुनेको संख्या ९ लाख २४ हजार ५ सय ७७ पुग्यो


काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ९ लाख २४ हजार ५ सय ७७ पुगेको छ ।

त्यस्तै संक्रमितको संख्या पनि बढेर २ करोड ८९ लाख ४३ हजार ६ सय ५७ पुगेको छ । संक्रमितमध्ये २ करोड ८ लाख ११ हजार ४ सय ६४ जना निको भएर फर्किएका छन् । ६० हजार ८ सय ९० जनाको अवस्था गम्भीर छ ।

अहिलेसम्म सबैभन्दा धेरै अमेरिकामा १ लाख ९८ हजार १ सय २८ जना, ब्राजिलमा १ लाख ३१ हजार २ सय ७४ जना, भारतमा ७८ हजार ६ सय १४ जना, मेक्सिकोमा ७० हजार ६ सय ४, पेरुमा ३० हजार ५ सय ९३, रसियामा १८ हजार ४ सय ८४ र स्पेनमा २९ हजार ७ सय ४७ जनाको मृत्यु भएको छ ।

सम्बन्धित खवर