माङसेबुङका एक युवा लागुऔषध गाँजा सहित दमकमा पक्राउ - Mangsebung News
  • शनिबार, बैशाख ०८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

माङसेबुङका एक युवा लागुऔषध गाँजा सहित दमकमा पक्राउ


दमक / ईलामको माङसेबुङ गाउँपालिकाका एक जना युवा लागुऔषध गाँजा सहित दमकमा पक्राउ परेका छन् ।

माङसेबुङ गाउँपालिका वडा नं. ६ घर भइ दमक नगरपालिका वडा नं. १ मा डेरा गरि बस्ने २६ वर्षीय अर्पण राईलाई ४ केजी ५८ ग्राम नियन्त्रीत लागुऔषध गाँजा सहित प्रहरीले पक्राउ गरेको हो ।

आफ्नै कोठाबाट लागुऔषध गाँजाको कारोवार गर्ने गरेको भन्ने बिशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले नियमानुसार राईको कोठा खानतलासी गर्दा सो परिणामको लागुऔषध गाँजा बरामद गरेको थियो ।

राइको साथबाट लागुऔषध बरामद भएसंगै उनलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । राइलाई आश्यक कानूनी कारवाहीकाु लागि थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सम्बन्धित खवर