सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ६ रेक्टरस्केलको भूकम्प - Mangsebung News
  • शनिबार, बैशाख ०८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ६ रेक्टरस्केलको भूकम्प

काठमाडौं । सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ६ रेक्टरस्केलको भूकम्प गएको छ ।

आज बिहान ५ बजेर १९ मिनट जाँदा सिन्धुपाल्चोकको राम्चे आसपास केन्द्रविन्दु भएर ६ रेक्टरस्केलको भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार सिन्धुपाल्चोक राम्चे आसपास केन्द्रविन्दु भएर ६ रेक्टरस्केलको भूकम्प गएको छ ।

भूकम्पको धक्का सिन्धुपाल्चोक र आसपासको क्षेत्रमा महसुस गरिएको थियो । काठमाडौंमासहित आसपासको क्षेत्रका नागरिक केहीबेर घर बाहिर निस्किएका थिए ।

भूकम्पले सिन्धुपाल्चोकमा घरहरुमा सामान्य क्षति विवरण आए पनि मानवीय क्षती नभएको प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले जानकारी गराएको छ ।

भूकम्प गएपछि पहिरोको जोखिम झनै बढेको प्रमुख जिल्ला अधिकारी ढकालले बताएका छन् । उनले जिल्लाका सबै सुरक्षा निकायहरुलाई अलर्ट रहन निर्देशन दिएको जानकारी पनि गराए ।

२०७२ सालको भूकम्पले सबैभन्दा धेरै क्षति सिन्धुपाल्चोक जिल्लामै भएको थियो । सो भूकम्पका कारण जमिन कमजोर भएकाले यस वर्षको वर्षा याममा पहिरोले पनि सबैभन्दा धेरै क्षति सिन्धुपाल्चोकमै पुर्याएको छ ।

सम्बन्धित खवर