सांसद शान्ता चौधरीलाई कोरोना संक्रमण पुष्टि - Mangsebung News
  • शुक्रबार, असार २०, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सांसद शान्ता चौधरीलाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपा संसदीय दलकी सचेतक शान्ता चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

सोमबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको पिसिआर परीक्षणको रिपोर्ट आज पोजिटिभ आएको उनले बताइन् ।

सांसद चौधरीले मंगलबार सामाजिक सञ्जालमा आफूलाई संक्रमण भएको जानकारी दिएकी छिन् ।

सोमबार स्वाब सङ्कलन गरिएकोमा मंगलबार संक्रमण भएको पुष्टि भएको हो । उनले आफू संक्रमित भएपछि पछिल्लो समय आफ्नो सम्पर्कमा रहेकाहरुलाई सावधानी अपनाउन पनि उनले आग्रह गरेकि छन् ।

उनले आफूमा कोरोनाका लक्षण पनि देखिएको बताइन । आफूमा पहिलेदेखि नै दमको समस्या रहेको भन्दै चौधरीले अहिले ज्वरो आउने, खोकी लाग्ने र पखाला लाग्ने समस्या भइरहेको बताइन ।

सम्बन्धित खवर