नेपालमा थप २०५९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १ लाख नाघ्यो - Mangsebung News
  • शुक्रबार, बैशाख १४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

नेपालमा थप २०५९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १ लाख नाघ्यो

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप २ हजार ५९ जनामा कोरोना भाइरस(कोभिड–१९) संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १ लाख नाघेको छ ।

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या निरन्तर बढ्न थालेको छ । नेपालमा कोरोना भाइरस(कोभिड–१९) संक्रमितको संख्या १ लाख ६ सय ७६ पुगेको छ ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोरोना अपडेटबारे नियमित प्रेस ब्रिफिङमा पछिल्लो २४ घन्टामा देशभरका विभिन्न जिल्लामा गरि थप २ हजार ५९ जनामा कोरोना भाइरसको संक्रमण भएको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थपिएका २ हजार ५९ जनासहित देशभर संक्रमितको संख्या १ लाख ६ सय ७६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितमध्ये नेपालमा ७३ हजार २३ जना जना उपचारपछि घर फर्किएका छन् ।

यसैगरि पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट थप १० जनाको मृत्यू भए संगै मृत्यू हुनेको संख्या ६ सय पुगेकोे छ ।

सम्बन्धित खवर