नेपालमा पछिल्लो २४ घन्टामा थप ४ हजार ३ सय ९२ जनामा कोरोना पुष्टि - Mangsebung News
  • शुक्रबार, चैत १६, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

नेपालमा पछिल्लो २४ घन्टामा थप ४ हजार ३ सय ९२ जनामा कोरोना पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप ४ हजार ३ सय ९२ जनामा कोरोना भाइरस(कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

यो संगै नेपालमा कोरोना भाइरस(कोभिड–१९) संक्रमितको संख्या १ लाख २६ हजार १ सय ३७ पुगेको छ ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोरोना अपडेटबारे नियमित प्रेस ब्रिफिङमा पछिल्लो २४ घन्टामा देशभरका विभिन्न जिल्लामा गरि थप ४ हजार ३ सय ९२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थपिएका थप ४ हजार ३ सय ९२ जनासहित देशभर संक्रमितको संख्या १ लाख २६ हजार १ सय ३७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितमध्ये नेपालमा ८८ हजार ४० जना उपचारपछि घर फर्किएका छन् ।

यसैगरि पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट थप २१ जनाको मृत्यू भए संगै मृत्यू हुनेको संख्या ७ सय १५ पुगेकोे छ ।

सम्बन्धित खवर