यूईएफए च्याम्पियन्स लिग : बार्सिलोना र डाइनामो किभ भिड्दै - Mangsebung News
  • शुक्रबार, चैत १६, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

यूईएफए च्याम्पियन्स लिग : बार्सिलोना र डाइनामो किभ भिड्दै

एजेन्सी । यूईएफए च्याम्पियन्स लिग फुटबलमा आज राति बार्सिलोनाले युक्रेनी क्लब डाइनामो किभसँग प्रतिस्पर्धा गर्दैछ ।

नेपाली समय अनुसार राति १ः४५ बजे बार्सिलोनाले किभसँग उसैको मैदानमा प्रतिस्पर्धा गर्ने भएको छ ।

किभको मैदानमा बार्सिलोना अपराजित यात्रालाई कायम राख्ने लक्ष्यमा हुनेछ । समूह जी’ मा रहेको बार्सिलोना ३ खेलमा ९ अंकसहित शीर्ष स्थानमा रहेको छ ।

तर, किभविरुद्ध बार्सिलोनाका नियमित कप्तान लियोनल मेस्सीले खेल्ने छैनन् । उनलाई टिममा राखिएको छैन । मेस्सीसँगै फ्रान्क डी जोङ पनि टिममा परेका छैनन् ।

मुख्य प्रशिक्षक रोनाल्ड कोम्यानले उनीहरुलाई आराम दिइएको बताएका छन् । यसैगरि समूहको अर्को खेलमा इटालियन क्लब युभेन्ट्सले हंगेरीको एफटिसीसँग खेल्नेछ ।

सम्बन्धित खवर