च्याम्पियन्स लिग : बार्सिलोनाको सानदार जित, अन्तिम १६ मा प्रबेश - Mangsebung News
  • शुक्रबार, चैत १६, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

च्याम्पियन्स लिग : बार्सिलोनाको सानदार जित, अन्तिम १६ मा प्रबेश

एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाले सानदार जित निकाल्दै यूईएफए च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ ।

युक्रेनी क्लब डाइनामा किभको घरेलु मैदानमा मंगलबार राति भएको खेलमा डाइनामो किभमाथि ४–० गोल अन्तरले सानदार जित निकाल्दै बार्सिलोना अन्तिम १६मा प्रबेश गरेकोे हो ।

बार्सिलोनालाई जित दिलाउन मार्टिन ब्रेथवेटले दुई गोल गरे । सर्जिनो डेस्ट र एन्टोनियो ग्रिजम्यानले एक एक गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५२ औं मिनेटमा डेस्टको गोलबाट बार्सिलोनाले अग्रता बनाएको थियो ।

यसैगरि खेलको ५७ औं मिनेटमा मार्टिनले गोल गर्दै बार्सिलोनालाई २–० को अग्रता दिलाए । खेलको ७० औं मिनेटमा मार्टिनले पेनाल्टीबाट व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ३–० को अग्रता दिलाए ।

त्यसपछि खेलको इन्जुरी समयमा ग्रिजम्यानले गोल गर्दै बार्सिलोनालाई ४–० को सानदार जित दिलाए ।

जितसँगै समूह ‘जी’ बार्सिलोनाले ४ खेलमा १२ अंकका साथ शीर्ष स्थानको बार्सिलोना अपराजित रहेको छ ।

सम्बन्धित खवर